Byroad News

Loading...

थाहाको भविष्यको खाका तयार पारेर जनतामा जान एमाले नेता बरालको निर्देशन


थाहाको भविष्यको खाका तयार पारेर जनतामा जान एमाले नेता बरालको निर्देशन

थाहानगर/५ वैशाख 

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईञ्चार्ज गुरु प्रसाद बरालले थाहा नगरको भविष्यको खाका तयार पारेर जनतामा जान निर्देशन दिनु भएको छ ।

जनताको बहुदलीय जनबाद नै संसारको उत्कृष्ट मार्गदर्शक सिद्धान्त रहेको बताउनु हुँदै बरालले भन्नुभयो, 'अब तपाईको नगर कमिटीसंग थाहाको समग्र विकासको मोडल कस्तो रहने हो, यहाँका जनताले पर्याप्त वार्षिक आम्दानी गर्ने आधारहरु के-के हुन्, विद्यालय तहमा विज्ञान संकाय पढ्ने विद्यार्थीको आकर्षण बढाउने योजनाहरु के-के हुन् ! भन्ने खाका लिएर जनताका बीचमा पुग्न आवश्यक छ ।

प्रशिक्षणमा स्थायी कमिटी सदस्य बरालले थाहाको समग्र तथ्यांक प्रस्तुत गर्नु हुँदै वर्तमान अवस्था नै रहिरहने होभने थाहाको भविष्य संकटमा रहेको बताउनु भयो ।

प्रशिक्षणमा पोलिटव्युरो सदस्य एवम् मकवानपुर ईञ्चार्ज देवी ज्ञवालीले नेताको जीवन शैली देखेर कार्यकर्ताहरुले पछ्याउने हुँदा अनुशासित र साधारण जीवनशैली अपनाउन ध्यान दिन निर्देशन दिनुभयो ।

बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले समृद्ध थाहा बनाउन सबै कार्यकर्ताहरुले जिम्मेवारीलाई ग्रहण गर्न सुझाव दिनुभयो ।

प्रतिनिधि सभा सदस्य महेश कुमार बर्तौलाले हरेक विकास निर्माणका कार्यहरुमा जनता स्वयं सजग हुनु पर्ने बताउनु हुँदै सरकारबाट आउने योजनाहरुलाई इमान्दारिताका कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

प्रशिक्षणमा प्रदेश कमिटी सदस्य बलराम बलले कुनै पनि नेताको हावादारी कुरामा नलाग्न आग्रह गर्दै व्यवहारिक परिवर्तनका लागि आफै लाग्नु पर्ने बताउनु भयो ।

नगर ईञ्चार्ज समेत रहनु भएका प्रदेश सदस्य इन्द्रमान स्याङ्तानले थाहा नगर कमिटीले आफ्नो जिम्मेवारीलाई बफादारिताका साथ पालना गरे जनताको जीवनस्तर स्वत: माथी उठ्ने बताउनु भयो ।

समृद्ध बागमती अभियानका सदस्य भोजराज ढकालले अरुको सुझाव मात्र लिनुभन्दा आफ्नो योजनामा दृढ भएर लाग्न आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रमका सभाध्यक्ष एवम् एमाले थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले कार्यकर्ताहरुमा पुर्नताजगी भई जनताका बीछ जान आवश्यक रहेकोले प्रशिक्षणको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला संगठन कमिटी सदस्य तथा थाहा नगर सह-ईञ्चार्ज शशीधर सुवेदीले सदस्यता नवीकरण एवम् सदस्यता विस्तारका लागि पार्टेबाट जारी सर्कुलरको पूर्ण पालना गर्न बताउनु भयो ।

कार्यक्रम नगर सचिव सुजन कुमार रायमाझीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा थाहा ३ का जयबहादुर कार्की, सानुकान्छा वाइबा, साधुराम भुजेल, कुमार थिङ, अमृता विष्ट र चन्द्र बहादुर थिङले पार्टी प्रवेश गर्नु भएको थियो । नव प्रवेशीहरुलाई नेताहरुले खादा र अबिरले स्वागत गर्नु भएको थियो ।

Comments

KATHMANDU WEATHER