थाहानगर/२४ फागुन
मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशान्त उप्रेती विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका महेशकुमार बर्तौलाई ११ हजार २०४ मतान्तरले पराजित गर्नु भएको हो ।
उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दा बर्तौलाले १८ हजार ८४६ मत मात्रै गर्नुभयो । यस्तै, नेपाली कांग्रेसका उमेदवार बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गर्नु भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा ९१ हजार २४१ मत खसेको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिनुभयो ।
Featured News
-
14 hours agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने
-
15 hours agoविज्ञान प्रदर्शनीमा हिमालयन प्रथम
-
1 day agoपालुङ प्रहरी निरीक्षक बज्राचार्यको सरुवा

Comments