Byroad News

Loading...

थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन


थाहामा एमालेको भोलेन्टर्स फोर्स गठन

थाहानगर/१ फागुन

नेकपा एमाले थाहा नगरमा नेशनल भोलेन्टर्स फोर्स गठन गरेको छ । शुक्रबार आयोजित युवाहरुको भेलाले भाइकाजी बलामीलाई कमान्डर बनाएर २५ सदस्यीय कमिटी गठन गरेको हो ।

निर्वाचन लक्षित युवा तथा स्वयंसेवक व्यवस्थापन कमिटी संयोजक बिजय बलामीको सभाध्यक्षतामा सम्पन्न भेलाले गजेन्द्र गोपालीलाई सह कमान्डर र प्रमोद श्रेष्ठलाई सेक्रेटरी बनाएको छ । 

कमिटीमा थाहानगरका २१ वटै बुथ केन्द्रित एक/एक सदस्यहरु सम्मिलित नगर कमिटी गठन गरेको हो । तिनै सदस्यहरु सम्बन्धित बुथका कमान्डर पनि हुने युवा तथा स्वयंसेवक व्यवस्थापन कमिटी संयोजक बलामीले जानकारी दिनुभयो । 

भेलामा प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक बलराम बलले मतदातालाई सुरक्षित महशुस गराएर शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने वातावरणमा ध्यान दिन फोर्सको आवश्यकता रहेको बताउनु भयो । 

चुनिएका कमिटीलाई एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले पद तथा गोपिनियताको शपथ गराउदै अराजक गतिविधिलाई निगरानी गरि शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनेतर्फ कार्य गर्न निर्देशन दिनुभयो ।

प्रदेश सदस्य अर्जुन अर्याल, जिल्ला सदस्य शशीधर सुवेदी, निर्वाचन अनुगमन कमिटी संयोजक बुद्वरत्न मानन्धरलगायतले भोलेन्टर्स फोर्सको आवश्यकता बारे चर्चा गर्नुभयो ।

सभाध्यक्ष बलामीले मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उमेदवार महेश बर्तौला सबै हिसावले उत्कृष्ट उमेदवार रहेको उल्लेख गर्दै थाहाका अधुरा विकास योजनाहरुलाई पूर्णता दिन पनि निर्वाचित गराउनु पर्ने बताउनु भयो ।

Comments

KATHMANDU WEATHER