Byroad News

Loading...

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरि


विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरि

थाहानगर/२६ चैत्र

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस–२०८० का अवसरमा प्रभातफेरि गरेको छ । 

पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्डसहित कार्यालयबाट सुरुगरि थानाबजार दोबाटोलागायतका बजारहरुमा  परिक्रमा र्‍याली गरेको हो । 

प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा दिवस मनाउदै आएको र विद्युतीय दुर्घटना न्यूनीकरणका लागि जनचेतना फैलाउन तथा  सुरक्षित विद्युत सेवाको सहज पहुँच, गुणस्तरीय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रणका लागि उपभोक्तामा बढी भन्दा बढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउन  विद्युतिय सुरक्षा दिवस मनाइएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो । 

विद्युतिय सुरक्षा दिवसका अबसरमा र्‍यालीलाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख न्यौपानेले विद्युतीय दुर्घटनाबाट बच्न गुणस्तरीय उपकरणको प्रयोग सुरक्षाका उपकरण अवलम्वन गरी दुर्घटनाबाट बच्न र विद्युतीय सुरक्षामा ध्यान दिई सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

प्राधिकरणको काम तथा सेवा  जोखिमपूर्ण रहेकोले सो अवस्थामा आफु सुरक्षित भएर सुरक्षित र भरपर्दो सेवामा लाग्न आम कर्मचारीहरुलाई निर्देशन दिंदै सुरक्षा चुनौतिका रुपमा रहेका पुराना काठको पोलहरु विस्थापन गरि स्टिल पोल राख्ने अभियानमा आफू लागेकोले जीर्ण पोल, नाङ्गा तार र लाईन सामाग्री फेर्ने, सुरक्षात्मक प्रणाली सुधारका लागि पुराना संरचनाको स्तरोन्नती गर्ने, ट्रान्सफरमरको क्षमता वृद्धि गर्ने, कन्डक्टरको क्षमता वृद्धि गर्ने, इन्सुलेटेर कन्डक्टरको प्रयोग गर्ने लगायतका कामहरु निरन्तर रुपमा अगाडि बढाइएको पनि बताउनु भयो । 

र्‍यालीमा 'विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागि विद्युतको सदुपयोग गरौं ।' प्रलोभनमा नपरौं,'विद्युतको सुरक्षित उपयोग गरौं । सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो । सुरक्षा सामाग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा । नगरौ है चोरीको धन्दा, परिएला कानुनको फन्दा । विद्युत दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । लगायतका चेतनामुलक प्लेकार्ड बोकिएको थियो । 

विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्त्व बुझाउने, सुरक्षात्मक उपकरणको प्रयोग गर्न लगाउने, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्ने र किफायती उपकरणको प्रयोगमा जानकारी गराई गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न समग्र उपभोक्ता वर्गलाई जनचेतना जगाउने लगाएतका कार्यहरु निरन्तर भइरहेको जनाएको छ ।

Comments

KATHMANDU WEATHER