# Recent News
थाहानगर/३ चैत्र
नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधान र सचिव सुजन कुमार रायमाझीलाई थाहा नगरस्थित अर्चना बाबाधाममा स्वागत गरिएको छ ।
३ चैत्रमा झमेश्वरीस्थित धाममा पूजापाठसहित अध्यक्ष प्रधान र सचिव रायमाझीलाई बधाई दिदै धामका अध्यक्ष तथा पुजारी बालकृष्ण लामिछाने, सचिव राजाराम रायमाझीलगायतले खादा टीकाले स्वागत गर्नुभयो ।
धामका समस्याहरु समेत सुनाउदै आवश्यक सहयोग गर्न उहाँहरुले अपिल गर्नुभयो । अध्यक्ष प्रधानले अर्चना बाबाधाम धार्मिक पर्यटकीय गन्तव्य बन्न सकिने बताउदै आवश्यक निकायहरुमा एमालेले पहल गर्ने आश्वासन दिनुभयो ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments