# Recent News
थाहानगर/३० फागुन
थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई मोवाइल व्यवसायी सुविन्द्रमान प्रधानले आर्थिक सहयोग गर्नु भएको छ ।
३० फागुनमा पीडितको घर पुगेर थाहा नगरपालिका ४ थानाबजारस्थित खुसी एन्ड समृद्धि मोवाइल हाउसका सञ्चालक प्रधानले नगद १० हजार रुपियाँ सहयोग गर्नु भएको हो । प्रधान थाहा नगर उद्योग वाणिज्य संघका सदस्य, पालुङ जेसीजका कानुनी सल्लाहकार र मोवाइल एसोसिएसन अफ मकवानपुर उत्तरी क्षेत्रका सचिव हुनुहुन्छ ।
थाहा ११ मालागिरीका सुरेन्द्र लामाको घर २४ फागुनमा विद्युतीय तार सर्ट भएको आगजनी भएको हो । आगजनीले लामाको घर र सम्पूर्ण सामान पूर्ण रुपले नष्ट भएको छ ।
Featured News
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments