Byroad News

Loading...

माघसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सिफारिस


माघसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सिफारिस

काठमाडौं/१४ माघ
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको बैठकले अहिलेपनि कोरोना महामारीको जोखिम रहेकाले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

सीसीएमसीसीका सचिव रामप्रसाद थपलियाले जनस्वास्थ्यका विज्ञहरुले मानिसहरुबीच सम्पर्क कम गर्नुपर्ने सुझाव दिएकाले भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न सिफारिस गरेको बताउनु भयो ।

यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्ने निर्णय गरेको थियो । माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरु भने खुल्नेछ ।

Comments

KATHMANDU WEATHER