Byroad News

Loading...

मउवा संघ निर्वाचन: को को निर्वाचित भए ?


मउवा संघ निर्वाचन: को को निर्वाचित भए ?

हेटौंडा/१० कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ ।

प्राप्त मत परिणाम अनुसार अध्यक्ष पदमा १ हजार २४६ मतसहित कृष्णकुमार गुप्ता निर्वाचित हुनु भएको छ । 

अध्यक्ष पदका लागि वाणिज्यको १ हजार ५१५ मत, उद्योगको ७५३ मत, एशोसिएटको ११६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४१५ मत खसेको थियो ।

यसैगरी वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी हुनु भएको छ । अग्रवाल ६७२ मतका साथ विजयी हुनु भएको हो ।  

उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिं रानाभाट विजयी हुनु भएको छ । उहाँ ३७० मत प्राप्त गरी विजयी हुनु भएको हो । 

बस्तुगत तर्फ उपाध्यक्ष पदमा राजु अधिकारी र एशोसिएट तर्फका उपाध्यक्ष उज्ज्वल चौलागाई विजयी हुनु भएको छ । 

वाणिज्यको सदस्य तर्फ कुलप्रसाद चौलागाई, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल, अनिलभक्त श्रेष्ठ, नेत्रप्रसाद खतिवडा, माधव ज्ञवाली र दिवस पराजुली विजयी हुनु भएको छ । 

यसैगरी वाणिज्य सदस्य महिला आरंक्षणतर्फ निलम पाण्डे र निलम वैद्य विजयी हुनु भएको छ । 

पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्तौला विजयी हुनु भएको छ । 

वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी हुनु भएको छ ।

त्यस्तै एशोसियट तर्फको सदस्यहरुमा गणेश प्रसाद भेटवाल, दीपक उप्रेती, अंकिता सुमार्गीको र राजाराम कार्की विजयी हुनु भएको छ ।

यसैगरी उद्योग तर्फको सदस्यहरुमा रुपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, नरेन्द्र भण्डारी र सन्तोषकुमार अर्याल विजयी हुनु भएको छ ।

उद्योग सदस्य महिला आरक्षण तर्फ सितादेवी भेटुवाल मत प्राप्त गरी विजयी हुनु भएको छ ।

Comments

KATHMANDU WEATHER