Byroad News

Loading...

परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिइने


परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिइने

काठमाडौँ/२७ साउन
परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने बुधबार सरकारले निर्णय गरेको छ ।

संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दबाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवेश पत्रका आधारमा परीक्षार्थीलाई सरकारले खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

विद्यार्थीले प्रवेश पत्रका आधारमा काठमाडौँ जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् ।

वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, सशस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।

परीक्षामा सहभागी विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी सङ्गठनले माग गरेका थिए ।

Comments

KATHMANDU WEATHER