Byroad News

Loading...

आज देशभर ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

मकवानपुरमा ८५ जना संक्रमित थपिए

आज देशभर ३ हजार ६५१ जनामा कोरोना पुष्टि, २२ को मृत्यु

काठमाडौं/२५ साउन
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा ३ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १ हजार ७८४ जना संक्रमित निको भएका छन् । यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १ सय १५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप २२ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कुल १० हजार ११५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

यसैबीच, मकवानपुरमा पछिल्लो २४ घन्टामा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा १ सय ५६ जनामा पीसीआर गर्दा ७४ जना र ४९ जनामा एन्टीजेन परीक्षण गर्दा ११ जना गरी थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ७१ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि ८ जना थाहा नगरपालिका भित्रका, ३ जना मनहरी गाउँपालिका भित्रका, २ जना बकैया गाउँपालिका भित्रका र एक जना कैलाश गाउँपालिकाका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा ७८ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या १४ हजार २३ जना पुगेका छन् भने कोरोना निको हुनेको संख्या १२ हजार ७ सय ४५ पुगेको कार्यलयले जनाएको छ ।

यहाँ पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ का ७७ वर्षीय वृद्ध पुरुष रहेका स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । उनको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ । यो संगै जिल्लामा कारोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ ।

मकवानपुरमा हाल १ हजार ८५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् जसमा १ हजार ३३ जना आफ्नै घरमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

Comments

KATHMANDU WEATHER