Byroad News

Loading...

मकवानपुरमा आज ४० जनामा कोरोना, एक जनाको मृत्यु


मकवानपुरमा आज ४० जनामा कोरोना, एक जनाको मृत्यु

हेटौंडा/२४ साउन
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौंडा १ का ५६ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान ९ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसंगै मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा ५२ जनाको पिसिआर परिक्षणमा ३० जना र ६१ एन्टीजेन परीक्षणमा १० जना संक्रमित भएका छन् ।  

आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका २६ जना रहेका छन् । यसैगरि थाहा नगरपालिका र मनहरी गाउँपालिका भित्रका ४/४ जना, मकवानपुरगढी र बागमती गाउँपालिका भित्रका २/२ जना तथा भीमफेदी र बकैया गाउँपालिका भित्रका १/१ जना रहेका छन् । यो संगै मकवानपुरमा हालसम्म १३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६९ जनाले कोरोना जितेका छन् । यो संगै मकवानपुरमा हालसम्म १२ हजार ६ सय ६७ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल १ हजार ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ हजार ३१ जना आफ्नै घरमा र ४८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

Comments

KATHMANDU WEATHER