Byroad News

Loading...

अमेरिकाबाट क्यानडा गएका दुई जनाले दिए कोरोना खोप लगाएको झुठो विवरण, तिर्नु पर्‍यो २३ लाख रुपैयाँ जरिवाना


अमेरिकाबाट क्यानडा गएका दुई जनाले दिए कोरोना खोप लगाएको झुठो विवरण, तिर्नु पर्‍यो २३ लाख रुपैयाँ जरिवाना

एजेन्सी/१६ साउन
अमेरिकाबाट क्यानडा गएका दुई जना यात्रुलाई क्यानडाका अधिकारीहरूले झन्डै ४७ लाख रुपियाँ जरिवाना तिराएका छन्।

पूर्ण रूपमा कोरोना खोप लगाइसकेको झुठो विवरण दिएका उनीहरूलाई १९ हजार ७ सय २० अमेरिकी डलर (२३ लाख ४४ हजार रुपियाँ)का दरले जरिवाना तिराइएको हो।

द पब्लिक हेल्थ एजेन्सी अफ क्यानडाले जुलाई तेस्रो साता अमेरिकाबाट आएका ती यात्रुले तोकेका मापदण्ड पूरा नगरेकाले उनीहरूलाई जरिवाना तिराइएको जनाएको छ।

उनीहरूले  प्रस्थान गर्नुअघि गरिएको परीक्षण, क्यानडा पुगेपछि गर्नुपर्ने परीक्षण र सरकारले तोकेका होटलमा क्वारेन्टिन बस्ने कुनै पनि मापदण्ड पूरा गरेका थिएनन्।

गत जुलाई ५ देखि क्यानडाले कोरोनाविरूद्ध पूर्ण खोप लगाएका विदेशी र स्वदेशी नागरिकलाई क्यानडा आउँदा क्वारेन्टिन बस्नु पर्ने नियम खुकुलो बनाएको छ।

अमेरिकामा लगाउन चाहनेहरूलाई खोप सहजै पाइन्छ।मानिसहरूले खोप लगाउन आनाकानी गरेपछि विभिन्न राज्यहरूले प्रोत्साहनस्वरूप पैसा दिन थालेका छन्। यसका बाबजुद् पनि अझै धेरै अमेरिकी खोप लगाएका छैनन्।

क्यानडाले आफ्नो देशमा प्रवेश गर्नेले कोरोना नियन्त्रणसम्बन्धी मापदण्ड उल्लंघन गरे गल्तीको गम्भीरता हेरी ६ महिनासम्म कैद वा ७ लाख ५० हजार डलरसम्म जरिवाना तिर्नु पर्ने  हुनसक्ने बताएको छ।

Comments

KATHMANDU WEATHER