थाहानगर/३० जेठ
निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहा नगर कमिटीले शिक्षक तथा विद्यार्थीहरुका लागि कोभिड-१९ विरुद्धको खोप लगाउन माग गरिएको छ ।
आइतबार प्याव्सन नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लवशेर विष्टलाई भेटी ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा निजी क्षेत्रमार्फत लागत व्यहोर्ने गरेरै भएपनि संस्थागत विद्यालयका कार्यरत करिव २ सय शिक्षक कर्मचारीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ । ज्ञापन पत्रमा छिमेकी मुलुक चीनमा विद्यालय तहका बालबालिकाहरुलाई समेत खोप लगाउन अनुमति दिइसकेको अवस्था दर्शाउदै तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउन समेत माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै थाहानगरका मेयर लवशेर विष्टले अग्रपंक्तिमा क्रियाशील सबैलाई यथासिघ्र खोप लगाउने वातावरणका लागि आफू लागिरहेको बताउनु भयो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments