काठमाडौं/२४ जेठ
सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण (पेन्सन) रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू भएको छ ।
महालेखा नियन्त्रकको कार्यालयमा हिजो (आइतबार) आयोजित एक कार्यक्रमका बिच महालेखा नियन्त्रक मधुकुमार मरासिनीले शुभारम्भ गरेको यस प्रणालीबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने जनाएको छ ।
यस प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठुलो सहयोग पुग्ने महालेखा नियन्त्रक मरासिनीको भनाई छ । साथै कार्य प्रक्रियामा सरलीकरण र सहजीकरण भई सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो, छरितो र प्रभावकारी सेवासमेत प्राप्त हुने अपेक्षा गरिएको छ ।
निवृत्तभरण व्यवस्थापनमा सरकारको ठुलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकोले सरकारको नगद प्रवाह व्यवस्थापनसमेत प्रभावकारिता बढ्ने कार्यालयको विश्वास छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments