Byroad News

Loading...

थाहा ७ का प्रत्येक घरमा सेनिटाइजर र मास्क वितरण


थाहा ७ का प्रत्येक घरमा  सेनिटाइजर र मास्क वितरण

 थाहानगर/१९ जेठ
थाहा नगगरपालिका वडा नं. ७ ले वडाका सबै घरहरुमा मास्क र सेनिटाइजर वितरण सुरु गरेको छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि नागरिकलाई सुरक्षित राख्ने अभियान अन्तर्गत प्रत्येक नागरिकलाई मास्क र प्रत्येक घरमा सेनिटाईजर वितरण गरिएको हो । वडा कार्यपालिकाको निर्णय अनुसार १९ जेठमा मात्रै ९४ घरमा  वितरण गरिएको छ । 
१९ जेठमा आग्राको देउखेल र सुन्दरबस्ती टोलमा एकघर एक सेनिटाइजर र एक व्यक्ति एक मास्क वितरण गरिएको वडाध्यक्ष सनम सिं मुक्तानले बताउनु भयो । कोरोना संक्रमित बिरामीलाई भने १० वटा मास्क वितरण गरिएको छ ।  
कोरोना संक्रमणलार्ई न्यूनिकरण तथा मास्क र सेनिटाइजर प्रयोग गर्ने बानीको विकास गराउन यो अभियान सुरु गरिएको अध्यक्ष मुक्तानले बताउनु भयो ।
२० जेठमा अन्य टोल टोलमा मास्क सेनिटाइजर वितरण गरिने बताइएको छ ।  कार्यालयले टोल टोलमा सम्पर्क व्यक्तिमार्फत  वितरण गरिएको हो ।
हाल वडा कार्यालयले १० हजार थान सर्जिकल मास्क र एक सय एमएलको १ हजार ५ सय बोतल सेनिटाइजर खरिद गरिएको वडा सदस्य दीपेन्द्रकुमार थिङले बताउनु भयो । थिङका अनुसार  विभिन्न संघसंस्थामार्फत पनि मास्क, सेनिटाइजर तथा स्वास्थ्य सामग्रीहरु प्राप्त हुने क्रम जारी छ । 
यसैबीच, कोरोना संक्रमितलाई पोषिलो खाना स्वरुप चना र अण्डा २० जेठ बिहीबारदेखि संक्रमितको घरमै गएर वितरण गरिने कार्यक्रम छ ।

Comments

KATHMANDU WEATHER