Byroad News

Loading...

विवेकशीलका नेता उज्वल थापाको निधन


विवेकशीलका नेता उज्वल थापाको निधन

काठमाडौं । १८ जेठ, विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा १८ जेठमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको अस्पतालले वक्तव्यमार्फत जानकारी दिएको हो ।

कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटी ल्याएर उपचार गरिएको थियो ।

अस्पतालका अनुसार थापाको सोमबार गरिएको पीसीआर परिक्षणको नतिजा नेगेटिभ आएको भए पनि शरीरका अंगहरुले प्रभावकारी काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन ।

परिवारले उनको अन्त्येष्टि साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा राखेको परिवार तथा शुभेच्छुकको तर्फबाट जारी वक्तव्यमा उल्लेख छ ।

थापा विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी हुन् । थापाको उपचारका लागि देशबिदेशमा रहेका शुभेच्छुकहरुबाट लाखौं रुपियाँ संकलन भएको थियो । 

Comments

KATHMANDU WEATHER