Byroad News

Loading...

नेउजा मुक्ती समाजले वडा कमिटी विस्तार गर्ने


नेउजा मुक्ती समाजले वडा कमिटी विस्तार गर्ने

थाहानगर/२७ भदौ

नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज थाहा नगर कमिटीले वडा कमिटी विस्तार गर्ने भएको छ ।

कमिटीको भदौ २७ गते सम्पन्न नगर कमिटीको बैठकले आउदो अधिवेशन अगावै सबै वडाहरुमा कमिटी गठन गर्ने निर्णय गरेको हो । बैठकले आगामी असोज ११ गते नगर स्तरीय भेला तथा प्रशिक्षण गर्ने, लामो समयदेखि मुक्ति समाजको अभियानमा कृयाशील रहेर पार्टी सदस्यता प्राप्त नगरेका सदस्यहरुलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठक कमिटीका अध्यक्ष अशोक खातीको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य थाहा नगर ईञ्चार्ज विमल कुमार ढकाल, नगर अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतको आतिथ्यतामा भएको थियो ।

Comments

KATHMANDU WEATHER