थाहानगर/८ चैत्र
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगरपालिका वडा नम्बर १ वडा कमिटीको अध्यक्षमा कल्पना लामिछाने चुनिनु भएको छ ।
८ चैत्रमा भएको अनेमसंघको वडा भेलाले लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । नगर कमिटी अध्यक्ष सुमित्रा केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा सुनिता माया लामा, सचिवमा आस्मा श्रेष्ठ, कोषाध्यक्षमा सुमिता तामाङ चुनिनु भएको हो ।
सदस्यहरुमा फुलमाया गोले, मञ्जु तामाङ, मंगली बल, सुन्तली तामाङ, बिष्णुमाया तामाङ, चन्द्रावती थिङ र लक्ष्मी लामिछाने सर्वसम्मत चयन हुनु भएको छ ।
Featured News
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments