थाहानगर/२१ असार
इलाका प्रहरी कार्यालय पालुङको टोलीले थाहानगरमा ८ जेठमा बरामद गरिएको ४२२ किलो लागू औषध गाँजा मंगलबार नष्ट गरिएको छ ।
पालुङ प्रहरीले मंगलबार इलाका प्रहरी कार्यालय नजिक खोलाकिनारमा वडाध्यक्ष हिरेन्द्र रायमाझी, स्थानीय र सञ्चारकर्मीको रोहवरमा सो गाँजा जलाएको हो ।
प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको प्रहरी टोलीले जेठ ८ गते राती थाहा नगरपालिका ३ घर्तिखोलामा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा सो परिमाणमा गाँजा बरामद गरेको थियो ।
ट्रकमा कोहि पनि नभएको अवस्थामा २८ पोका गाँजा फेला पारेका थिए । अनुसन्धानका क्रममा सो गाँजा कसले ल्याएका हुन् भन्ने एकिन भइसकेको छैन । हालसम्म ट्रक धनी समेत प्रहरीको सम्पर्कमा आइनसकेको प्रनि खनालले बताउनु भयो । मुद्वा अनुसन्धानको क्रममा छ ।
Featured News
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments