हेटौंडा/१६ असार
मकवानपुरको हेटौंडा ५ को राधाकृष्ण मन्दिर नजिकै मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।
बिहीबार दिउँसो कान्तिलोकपथ राजमार्गअन्तर्गत क्याम्पाडाँडाबाट हेटौंडा बजार आउँदै गरेको ना ५१ प ७३५९ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००४ प १५९९ नंबरको मोटरसाईकल राधाकृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा बागमती प्रदेश ०३-००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा १८ फुर्केचौर का २५ वर्षीय विशाल थापाको उपचारको क्रममा दिउँसो सबा २ बजे सञ्चो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ना ५१ प ७३५९ नम्बरको मोटरसाइकलका २५ वर्षीय लक्षमण आचार्य र हेटौंडा-१८ का २३ वर्षीय सुमन थापा घाईते भएको र उनीहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments