Byroad News

Loading...

स्रोत नखुलेको दश लाखसहित दुई जना पक्राउ


स्रोत नखुलेको दश लाखसहित दुई जना पक्राउ

हेटौंडा/१६ असार
मकवानपुर प्रहरीले स्रोत नखुलेको १० लाख ३५ हजार २४० रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।

असार १५ गते बुधबार बिहान २ बजे विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाँपालिका वडा नंबर ९ खराङगस्थित कल्पना घलानको घरको कोठामा राखेको मधेश प्रदेश ०३-०२३ प ३१७२ नम्बरको मोटरसाईकलको सिटमुनी मोटरसाईकल चालक साबिक डांडाखर्क गाबिस वडा नंबर ६ हालको कैलाश गाउँपालिका वडा नंबर १ बस्ने बर्ष ५३ को सानुकान्छा योन्जनले लुकाई छिपाई ल्याएको भारतीय रुपैयाँ १ लाख ९८ हजार ९ सय र नेपाली रुपैयाँ ७ लाख १७ हजार गरी जम्मा १० लाख ३५ हजार २४० नगद फेला परेको प्रहरीले जनाएको छ ।

सानुकान्छा योन्जन २०७७ फागुन २३ गतेदेखि लागु औषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम मुद्धाका फरार प्रतिबादी समेत भएको हुँदा उनलाई र घरधनी कल्पना घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

Comments

KATHMANDU WEATHER