काठमाडौं/१२ असार
काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिका ७ का राजु दुतराजको मृत्यु भएको प्रहरीले जनाएको छ । दुतराजको उपचारको क्रममा मृत्यु भएको हो ।
दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Featured News
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments