भीमफेदी/८ असार
२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ ।
३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा—२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी कारागारका सुरक्षागार्ड मओसेतु गुरुङले बताए ।
परियारको थप उपचारका लागि स्वास्थ्य केन्द्रले हेटौंडा अस्पताल रिफर गरेको थियो । उपचारका लागि हेटौंडा अस्पताल लाने क्रममा नै परियारको मृत्यु भएको जनाएको छ । निजको मृत्युको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments