हेटौंडा/२ असार
जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार ललित कुमार घलान निर्वाचित भएका छन् ।
१७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।
जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments