हेटौंडा/१ असार
प्रहरीले १६ किलो गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-११ बस्ने ४० वर्षीय किताब सिंह गोले, राक्सिराङ गाउँपालिका-१ बस्ने ३२ वर्षीय विक्रम कुमार गोले र सोही नगरपालिका बस्ने ३४ वर्षीय कुमार घ्यावा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व-पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउदै गरेको ना १ ज १६५६ नं.को यात्रुबाहक माइक्रो बस चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments