हेटौंडा/३० जेठ
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनका लागि मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख उपप्रमुख र ७ सदस्यका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् ।
प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् । उनी हालै सम्पन्न स्थानीय निर्वाचनबाट हेटौंडा १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।
प्रमुख पदमा नेकपा एमालेबाट इन्द्रसरोवरका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् । उप–प्रमुख पदमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सानुकाजी लुइँटेलले मनोनयन गराएका छन् । सो पदमा उनले मात्रै मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै जिससमा ३ जना महिला सदस्य रहने प्रावधान रहेकोमा ४ जनाले मनोनयन दर्ता गराएपछि सो पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्य पदमा नेपाली कांग्रेसबाट तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् ।
-
2 hours agoथाहाको बजेट ९१ करोड
-
21 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments