Byroad News

Loading...

लागूऔषध गाँजासहित तीन जना पक्राउ


लागूऔषध गाँजासहित तीन जना पक्राउ

हेटौंडा/३० जेठ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजासहित तीन जनालाई फक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरी टोलीले भीमफेदी–९ चुनियास्थित भित्री सडकमा घैराङगबाट आउँदै गरेको ना २ ह ३५३६ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाएको लागूऔषध गाँजा ९६ किलो ८४० ग्राम फेला परेको हो ।

अटो चालक जिल्ला मकवानपुर भीमफेदी–२, रिठ्ठेपानी बस्ने बर्ष ३० को अभिषेक लामा र अटोमा सवार कैलाश–९ का ३७ वर्षीय ज्ञानबहादुर गोले र ४९ वर्षीय चन्द्र लामालाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरु र अटोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

KATHMANDU WEATHER