Byroad News

Loading...

गाँजासहित एक महिला पक्राउ


गाँजासहित एक महिला पक्राउ

हेटौंडा/२९ जेठ
मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ स्थायी वतन भई हाल बकैया गाउँपालिका–५ कर्मचुली बस्ने ३५ वर्षीया फुलमाया भुलुन रहेकी छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा १ किलो ४०० ग्रामसहित भुलुनलाई शनिबार पक्राउ गरेको हो । भुलुनको घरमा चेकजाँच गर्दा उनको घरभित्र लुकाई छपाई राखेको अबस्थामा उक्त परिमाणमा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER