हेटौंडा/२० जेठ
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा वडा नम्बर १ राप्तीरोडस्थित अटोमा ल्याउदै गरेको ५० किलो गाँजासहित एक जना प्रकाउ परेका छन् ।
बिहीबार बेलुकी साढे ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ना २ ह १५०८ नम्बरको अटोमा ५० किलो ४ सय ग्राम लागुऔषध गाँजा फेला पारेको हो ।
उक्त अटो चालक भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नं.१० थाना बेला घर भई हाल जिल्ला महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने बर्ष ३७ को राजेश चौधरीलाई अटो र गाँजासहित नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ ।
Featured News
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments