धुलिखेल/१७ जेठ
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको क्याबिनेट अफिसर स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । लायन्सका डिष्ट्रिक्ट लिडरहरुको सहभागितामा पर्यटकीय नगरी काभ्रेको धुलिखेलमा कार्यक्रम भएको हो ।
३ दिनसम्म चलेको कार्यक्रममा डिष्ट्रिक्टका १ सय ५१ जना लायन्स लिडरहरुको सहभागिता रहेको गभर्नर महेन्द्र पौडेलले जानकारी दिए ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर तथा पास्ट डिष्ट्रिक्ट गभर्नर एवम् लायन्स म्यागेजिनका चिफ इडिटर धनराज आचार्यको प्रमुख आतिथ्यतामा तथा पीएमसीसी गिरधारी शर्मा भुषालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको क्याबिनेट सेक्रेटरी रत्न पराजुलीले जानकारी दिए ।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ बि १ का गभर्नर विश्वेश्वर आचार्य, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट फोसीथ्रीका क्यालिफोर्निया अमेरिकाका डिस्ट्रिक्ट गभर्नर जेम्स भर्गिस, पीडीजी राजेन थापा लगायतको उपस्थिति थियो ।
उक्त अवसरमा इलेक्ट डिष्ट्रिक्ट गभर्नर महेन्द्र पौडेलले लायन वर्ष २०२२/२३ का लागि आफूले अगाडि सारेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर भीमलाल पौड्याल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल लगायतले बोलेका थिए ।
कार्यक्रममा डा. सन्देशदाश श्रेष्ठ, प्रोफेसर डा. जयराज शर्मा बन्जारा, रामसिंह ऐरे, लायन्स आइ डी इन्डोर्सी बालकृष्ण बुर्लाकोटी, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन राजन लम्साल, पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन गिरधारी शर्मा लगायतले कार्यक्रममा सहभागीलाई तालिम दिएका थिए ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments