हेटौंडा/१५ जेठ
हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले आज पूर्णता पाएको छ । पाँच दलीय गठवन्धन र एमालेबिच भएको निर्वाचमा एमालेबाट ८ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको पूर्ण बहुमत देखिएको हो ।
आज भएको निर्वाचनमा पाँच दलीय गठवन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट विरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई,पातली माया गोङबा, इश्वरी बिश्वकर्मा, रुकमिणी स्याङतान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुन् । विजयी सबैले समान ५० मत प्राप्त गरेका थिए ।
३० वर्षपछि हेटौँडाको मेयर तथा उपमेयर गुमाएको एमालेको लागि कार्यपालिकामा बहुमत पुगेपछि राहत मिलेको छ । नगरको हरेक निर्णयमा महत्वपूर्ण भूमिका हुने कार्यपालिकामा रहने २९ सदस्यमा मेयर, उपमेर सहित १९ जना वडाध्यक्ष र आज निर्वाचित ९ जना कार्यपालिका सदस्यहरु रहने गर्दछन् ।
अब कार्यपालिकामा नेकपा एमालेबाट १७ सदस्य पुगेको छ भने नेपाली कांग्रेसबाट उपमेयर सहित ९, नेकपा एकिकृत समाजवादीबाट मेयर सहित दुई तथा नेकपा माओवादी केन्द्रबाट एकजना वडाध्यक्षमात्र सदस्य रहने छन् । समग्रमा एमालेबाट १७ तथा गठवन्धनबाट १२ सदस्य रहेको कार्यपालिका निर्माण भएको हो । नगरसभामा पनि ५१ सदस्य सहित एमाले स्पष्ट बहुमतमा रहेको छ ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments