थाहानगर/१० जेठ
थाहा नगरपालिकाको कार्यपालिकाका लागि आज मंगलबार भएको निर्वाचनमा गठबन्धनका उमेदवारहरु निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका ५ महिला सदस्य, माओवादीकै २ दलित सदस्य र १ जना नेकपा एकीकृत समाजवादीका दलित सदस्य निर्वाचित भएका हुन् ।
महिला सदस्यहरुमा नेकपा माओवादी केन्द्रका पवित्रा कार्की (३१ मत), अनिता बल (३३ मत), रितु कार्की (३३ मत ), चन्द्रमाया थिङ (३३ मत ) र अन्जु श्रेष्ठ (३३ मत) विजयी भएका हुन् । नेकपा एमालेका उर्मिला कामी, सानुमैया विश्वकर्मा, विमला पाख्रीन र कान्छीमाया वाइबाले १८/१८ मत पाए भने शर्मिला बस्नेतले २० मत पाए । महिला तर्फ १ मत बदर भएको छ । सो मतमा स्वस्तिक छाप ५ आवश्यक हुनेमा ६ छाप लगाइएको थियो ।
यसैगरी, दलित तथा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका राम दर्जी ३४ मत, रामप्रसाद विश्वकर्मा ३४ मत र एकीकृत समजवादीका जनकबहादुर कामी २९ मतका साथ विजयी भएका छन् । सो पदका लागि एमालेका उमेदवार अशोक खाती चनाराले २२ मत प्राप्त गरेका छन् ।
नगर सभामा माओवादी केन्द्रसंग स्पष्ट बहुमत अर्थात ३२ सदस्य तथा १२ नम्बर वडाबाट रुख चिन्हबाट निर्वाचित १ सदस्यसहित ३३ र सोही वडामा रुख चिन्हबाट निर्वाचित एकीकृत समाजवादीका १ सहित ३४ जनाको स्पष्ट बहुमत थियो । यसैगरी नेकपा एमालेसंग १८ सदस्य थियो भने नेपाली कांग्रेससंग १० सदस्य थियो तर कांग्रेसले आफ्नो उमेदवारी नरहेको भन्दै 'नो भोट' भन्दै मतदानमा सहभागी भएन ।
१८ सदस्य रहेको एमालेले महिलातर्फ २० ल्याउनु र एक भोट क्रस हुनु, दलित तथा अल्पसंख्यकतर्फ २२ ल्याउनु र एक भोट बदर हुनुमा माओवादी केन्द्रबाट भोट क्रस भएको स्पष्ट देखिन्छ ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments