Byroad News

Loading...

४२२ किलो गाँजासहित थाहामा ट्रक बरामद


४२२ किलो गाँजासहित थाहामा ट्रक बरामद

थाहानगर/९ जेठ
इलाका प्रहरी कार्यालय पालुङको टोलीले थाहानगरमा ४२२ किलो लागू औषध गाँजासहित बेवारिसे ट्रक बरामद गरेको छ ।

प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार राती थाहा नगरपालिका ३ घर्तिखोलामा रोकिराखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकमा सो परिमाणमा गाँजा बरामद गरेको हो । 

ट्रकमा कोहि पनि नभएको अवस्थामा १४ पोका गाँजा मात्र रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ट्रक र गाँजासंग सम्बन्धित मानिसहरुको खोजी भैरहेको प्रहरी निरीक्षक दुर्गा खनालले बताए । लामो समय पछि पालुङ प्रहरीले यति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

Comments

KATHMANDU WEATHER