थाहानगर/८ जेठ
लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम, लागूऔषध नाईट्रोभेट १५० ट्याबलेट सहित ३ जना मानिसहरु नियन्त्रणमा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला मकवानपुर हेटौडा उमनपा वडा नं. १५ पिपलबोटस्थित पूर्व—पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको ना १४ प ३१६४ नं. को मोटरसाईकलबाट खैरो हिरोइन जस्तो पदार्थ ५ ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा वडा नं. ११ बस्ने वर्ष २८ को सविन पहाडी छन् ।
त्यसैगरी, हेटौडा वडा नं. ४ पारिजातपथस्थित पैदल हिडिरहेका हेटौडा ५ शान्तिनगर बस्ने बर्ष १९ को युवराज चौलागाईलाई नाईट्रोभ्याट ४५ ट्याबलेटसहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी, हेटौडा १० बसपार्कमा बसिरहेको अवस्थामा बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौडा ११ थानाभर्याङ बस्ने बर्ष ३३ को लक्ष्मण घलानलाई नुफिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याव्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments