थाहानगर/७ जेठ
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत कार्यपालिका सदस्यका लागि थाहा नगरपालिकामा नेपाली काङ्ग्रेसले उमेदवारी नै दर्ता गरेन ।
यसअघि निर्वाचित सदस्यहरु मध्ये महिला ५ र दलित तथा अल्पसंख्यकबाट ३ गरि ८ सदस्यकालागि आज भएको मनोनयन दर्तामा नेपाली काङ्ग्रेसले कुनै पनि पदमा उमेदवारी नदिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार ८ पदमध्ये नेकपा एमालेले महिला सदस्यमा ५ र दलित तथा अल्पसंख्यकमा १ गरि ६, नेकपा माओवादी केन्द्रले महिला सदस्यमा ५ र दलित तथा अल्पसंख्यकमा २ गरि ७ र नेकपा एकीकृत समाजवादीले दलित तथा अल्पसंख्यकमा १ उमेदवारी दर्ता गराएको हो ।
नेकपा एमालेले दलित/अल्पसंख्यकमा अशोक खाती चनारा, महिला सदस्यहरुमा बिमला पाख्रीन, शर्मिला बस्नेत, सानुमैया विश्वकर्मा, उर्मिला कामी र कान्छीमाया वाइवाको उमेदवारी दर्ता गराएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले दलित तथा अल्पसंख्यकमा राम दर्जी, रामप्रसाद विश्वकर्मा, महिला सदस्यहरुमा रितु कार्की, अञ्जु श्रेष्ठ, पवित्रा कार्की (ठकुरी), अनिता बल र चन्द्रमाया थिङको उमेदवारी दर्ता गराएको छ ।
एकीकृत समाजवादीबाट दलित तथा अल्पसंख्यकमा जनकबहादुर कामीको उमेदवारी दर्ता गराएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आगामी जेठ १० गते निर्वाचन हुनेछ । माओवादी केन्द्र एक्लैको बहुमत पुग्ने भएपछी गठबन्धन दलहरुलाई भाग लगाउन माओवादी असहमत भएको बताइएको छ तर, नेकपा एकीकृत समाजवादीलाई भने एक सिट दिने सहमती भएको बताइएको छ । कार्यपालिका सदस्यका लागि एमाले एक्लै निर्वाचनमा जाने नगर सह-इन्चार्ज सुरेन्द्रमान प्रधानले बताए ।
हाल थाहानगरमा नेकपा माओवादी केन्द्रसङ्ग ३२, नेकपा एमालेसङ्ग १८ र नेपाली काङ्ग्रेससङ्ग १२ जना नगर सभा सदस्य छन् ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments