हेटौंडा/७ जेठ
मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । शुक्रबार राती सम्पन्न मतगणना अनुसार गठवन्धनको तर्फबाट एकिकृत समाजवादीकी नेतृ मिना लामा मेयर तथा नेपाली कांग्रेसका राजेश बानीयाँ उपमेयर पदमा विजयी भएका हुन् ।
विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मत सहित तेश्रो बने ।
उपमेयरमा बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा २३ हजार ९ सय ६ काफ्लेले मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत प्राप्त गरिन् ।
१९ वटा वडा रहेको हेटौँडामा नेकपा एमालेले सबैभन्दा धेरै ९ वटा वडामा जित हाँसिल गरेको छ । नेपाली कांग्रेसले ८ वटा वडामा विजयी हाँसिल गरेको छ भने नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीले एक–एक वडामा जित हाँसिल गरेका छन् ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments