चितवन/६ जेठ
चितवनमा हावाहुरीका कारण भएको घटनामा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले ३ जनाको मृत्यु भएको बताए । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको उनको भनाइ छ ।
उनका अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ ।
आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।
Featured News
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments