थाहानगर/६ जेठ
आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरूको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरूको कार्यकाल शुक्रबारबाट सुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ ।
नयाँ जनप्रतिनिधिहरूको मतगणना कार्य नसकिए पनि आजबाट नै जनप्रतिनिधिहरूको कार्यकाल सुरु भएको मानिनेछ । तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधिविहीन हुनेछन् ।
७५३ पालिकामा मेयर/अध्यक्ष ७ सय ५३ तथा उपमेयर/उपाध्यक्ष गरी ७ सय ५३ जना, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २ सय २१ जना जनप्रतिनिधि रहने व्यवस्था छ ।
देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments