थाहानगर/४ जेठ
पालुङ जेसीजका शाखा सम्पादक माधव कार्कीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई खेलकुद सामग्री वितरण गरेका छन् ।
आज बुधबार जेसीजका टोली लिएर थाहा २ स्थित मत्स्यनारायण माविका विद्यार्थीहरुलाई विभिन्न खेलकुदका सामग्रीहरु वितरण गरेका हुन् । कार्कीले विद्यालयका प्रधानाध्यापक बिष्णुहरी ढकालमार्फत सामग्री हस्तान्तरण गरेका हुन् ।
पालुङ जेसीज २००७ का शाखा अध्यक्ष जेसी कृष्णमान श्रेष्ठको विशिष्ट आतिथ्यता तथा पालुङ जेसीजका शाखा अध्यक्ष जयराम खत्रीको सभापतित्वमा सामग्री वितरण गरिएको हो ।
Featured News
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments