Byroad News

Loading...

थाहामा गठबन्धनका प्रमुख, उपप्रमुख निर्वाचित


थाहामा गठबन्धनका प्रमुख, उपप्रमुख निर्वाचित

थाहानगर/४ जेठ
स्थानीय तह सदस्य निर्वाचन अन्तरगर थाहा नगरपालिकाको प्रमुख (मेयर) पदमा गठबन्धन तर्फबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार बिष्णु बहादुर बिष्ट 'आदर्श' बिजयी भएका छन् ।
कुल २३ हजार ५६ मत खसेकोमा बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गर्नुभएको थियो ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुख (उपमेयर) पदमा गठबन्धन कै तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार भरत गोपाली बिजयी भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरे ।

साथै नगरपालिकाको १२ वडा मध्ये ६ वटा वडामा नेकपा माओबादी केन्द्रका उमेदवारहरु बिजयी भएका छन् भने नेकपा एमालेबाट ३ र नेपाली काङ्ग्रेसबाट ३ वडामा बिजयी भएका छन् ।

वडा नम्बर १,२, ३, ४,९ र ११ मा नेकपा माओवादी केन्द्रका उमेदवारहरु निर्वाचित भएका छन् । वडा नम्बर ६, ७ र १२ मा नेपाली काङ्ग्रेसका उमेदवारहरु निर्वाचित भए । यसैगरी, वडा नम्बर ५, ८ र १० नम्बरमा नेकपा एमालेका उमेदवारहरु निर्वाचित भएका छन् । वडा नम्बर ७ र ८ माओबादीको लालकिल्ला मानिन्थ्यो भने ६ र १२ एमालेको लालकिल्ला मानिन्थ्यो । ३० वर्षको इतिहासमा पहिलो पटक नेपाली काङ्ग्रेसका उमेदवारहरु निर्वाचित भएका हुन् ।

Comments

KATHMANDU WEATHER