Byroad News

Loading...

थाहा ७ मा पुन: मत गणना सकियो, १२ मतको अन्तरले काङ्ग्रेस नै विजयी


थाहा ७ मा पुन: मत गणना सकियो, १२ मतको अन्तरले काङ्ग्रेस नै विजयी

थाहानगर/३ जेठ
थाहा नगरपालिकको वडा नम्बर ७ को मत गणनामा असन्तुष्टि देखाउदै पुन: मत गणनाको मागपछि गरिएको गणनामा नेपाली काङ्ग्रेस नै विजयी भएको छ ।

यस अघि १० मतको फरकले नेपाली काङ्ग्रेस विजयी भएको भन्दै नेकपा माओवादी केन्द्रका उमेदवार बिनायक गोलेले पुन: मत गणनाको माग गरि निवेदन दिएका थिए । निवेदन पश्चात निर्वाचन अधिकृत तीर्थराज भट्टराईले पुन: मत गणना गराएका थिए । 

पुन: गणनामा नेपाली काङ्ग्रेसका उमेदवार शिवराज गोले ९१६ मतसहित विजयी भएका हुन् । नेकपा मावोवादी केन्द्रको ९०४ मत प्राप्त भएको छ । यसैगरी, नेकपा एमाले ४०३, जसपा १५, राप्रपा ९ र मङ्गोल नेशनलले ५ मत प्राप्त गरेको  निर्वाचन अधिकृत भट्टराईले बताए । तर वडा सदस्यहरुमा भने चारै जना नेकपा माओवादी केन्द्रका उमेदवारहरु विजयी भएका छन् । पुन: मत गणना विहान पौने १ बजे सकिएको हो ।

Comments

KATHMANDU WEATHER