Byroad News

Loading...

इन्दसरोवरमा एमालेका पुडासैनी विजयी, एसका जीवन भारी मतले पराजित


इन्दसरोवरमा एमालेका पुडासैनी विजयी, एसका जीवन भारी मतले पराजित

हेटौंडा/२ जेठ
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका देवकृष्ण पुडासैनी विजयी भएका छन् । पुडासैनी ३७२२ मत ल्याई विजयी भएका हुन् ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकै उमा कुमारी लामा ३७२५ मतसहित निर्वाचित भएका छन् ।

नेकपा एमाले त्यागेर नेकपा एकिकृत समाजवादी रोजेका मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाका निर्वतमान अध्यक्ष जीवन लामा भने गाउँपालिकाको अध्यक्ष पदमा भारी मतान्तरले पराजित भएका छन् ।

लामा २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । तर २०७९ को स्थानीय निर्वाचनमा लामा एकिकृत समाजबादीबाट ४७९ मत सहित तेस्रो भएका छन् ।

नेपाली काङ्ग्रेसका उमेदवार विश्व लाल लामाले ३४७२ मत प्राप्त गरेका छन् ।
 

Comments

KATHMANDU WEATHER