थाहानगर/३१ वैशाख
हिजो सम्पन्न स्थानीय तह अन्तर्गत थाहा नगरपालिकाको मतगणना सुरु भएको छ ।
अहिले १ बजेदेखि पालुङ बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको हो । मतगणना वडा नम्बर १ बाट सुरु गरिएको छ । अहिले एउटा मात्र स्थानबाट मतगणना भैरहेको छ । विहानबाट गणना स्थान बढाएर थप व्यवस्थित गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा थाहानगरमा २३ हजार ५६ जनाले मतदान गरेका छन् । कुल ३२ हजार ३०७ मतदाता रहेकोमा कुल ७१.३६ प्रतिशत मत खसेको हो ।
वडा नम्बर १ मा २६४५ मा २१०७, २ मा ३३३४ मध्ये २२७८, ३ मा २८०९ मा १९६३, ४ मा २४०० मा १६४३, ५ मा १८३४ मा १२८६ र ६ मा ३२८९ मा २४५७ मत खसेको छ ।
यसैगरी, ७ नम्बरमा ३३८२ मध्ये २३६५, ८ मा २३९९ मध्ये १६९३, ९ मा ३०८७ मध्ये २१५३, १० मा २२९८ मध्ये १७०८, ११ मा २५३० मध्ये १७७२ र १२ मा २३०० मध्ये १६३१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments