थाहानगर/३० वैशाख
आज सम्पन्न स्थानीय तहको निर्वाचनमा थाहानगरमा २३ हजार ५६ जनाले मतदान गरेका छन् । कुल ३२ हजार ३०७ मतदाता रहेकोमा कुल ७१.३६ प्रतिशत मत खसेको हो ।
निर्वाचन अधिकृत तीर्थराज भट्टराईका अनुसार थाहाका २१ वटै मतदान स्थलहरुमा शान्तिपूर्ण रुपले मतदान भएको हो ।
वडा नम्बर १ मा २६४५ मा २१०७, २ मा ३३३४ मध्ये २२७८, ३ मा २८०९ मा १९६३, ४ मा २४०० मा १६४३, ५ मा १८३४ मा १२८६ र ६ मा ३२८९ मा २४५७ मत खसेको छ ।
यसैगरी, ७ नम्बरमा ३३८२ मध्ये २३६५, ८ मा २३९९ मध्ये १६९३, ९ मा ३०८७ मध्ये २१५३, १० मा २२९८ मध्ये १७०८, ११ मा २५३० मध्ये १७७२ र १२ मा २३०० मध्ये १६३१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार आजैदेखि मतगणना सुरु हुनेछ । सबै प्रक्रिया पूरा गरि आजै वडा नम्बर १ देखि क्रमैसङ्ग गणना गरिनेछ । मतगणना कार्य तीन सिफ्टमा २४ सै घण्टा गणना हुनेछ ।
-
1 hour agoथाहाको बजेट ९१ करोड
-
19 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments