Byroad News

Loading...

थाहामा निर्वाचनको तयारी पूरा, १ नम्बर वडाबाट मतगणना हुने


थाहामा निर्वाचनको तयारी पूरा, १ नम्बर वडाबाट मतगणना हुने

थाहानगर/२९ वैशाख
भोलि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि थाहानगरमा पनि सम्पूर्ण तयारी पूरा भईसकेको छ । 

थाहानगरमा वडा नम्बर ६, ८ र १० मा एक/एक वटा मतदान स्थलहरु छन् । अन्य सबै वडाहरुमा दुई/दुई वटा मतदान स्थलहरु छन् । 

वेलुकी ५ बजेसम्म मतदान हुने र मतदान सकिएर प्रक्रिया पूरा भएपछि मतपेटिका संकलन सुरु हुनेछ । पालुङ बहुमुखी क्याम्पसमा संकलित मतपेटिकलाई एउटा कोठामा सुरक्षित रुपमा राख्ने र सबै मतदान केन्द्रहरुबाट मतपेटिका प्राप्त भएपछि वडा नम्बर १ देखि गणना सुरु गर्ने तयारी गरेको छ । मत गणना कक्षमा तारका जाली लगाइएको छ । गणकहरुले जालीभित्रबाट गन्ने र गणना प्रतिनिधिहरुलाई जाली बाहिर राखेर गणना गर्ने तयारी छ ।

एउटै वडाको मत गणना तीन वटा छुट्टाछुट्टै कोठाहरुमा गणना हुने भएपछि दैनिक करिव ५ हजार वटा मत गणना हुन सक्ने अनुमान गरिएको छ । यो हिसाबले ५ दिनमा सबै वडाको मत गणना सकिने अनुमान निर्वाचन अधिकृतको कार्यालय थाहाको छ । 

मत गणना स्थल पालुङ बहुमुखी क्याम्पसको हाताभित्र पार्टी प्रतिनिधि, सम्बन्धित वडाका अध्यक्षका उमेदवार, मत गणना प्रतिनिधि मात्र प्रवेश गराउने, मादक पदार्थ तथा लागू औषध सेवन गर्नेलाई प्रवेश नदिने, एक पटक प्रवेश गरेकालाई सो वडाको नतिजा नआउञ्जेल बाहिरभित्र गर्न नदिने, मोवाइल बोक्न नदिने, प्रत्येक कोठामा १/१ सयको गणना सकिएपछि माइकबाट सूचना दिने लगायतका विषयमा बिहीबार निर्वाचन कार्यालयको आव्हानमा भएको सर्वदलीय बैठकमा सहमति भएको छ ।

Comments

KATHMANDU WEATHER