थाहानगर/२७ वैशाख
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शान्ति सुरक्षा र विपद व्यवस्थापन बाहेकका सेवाहरु वैशाख ३० गतेसम्मलाई बन्द गरेको छ ।
प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै स्थानीय तहको निर्वाचनमा कर्मचारीहरु खटिने जनाउदै वैशाख ३० गतेसम्म अन्य सबै सेवाहरु बन्द रहने जनाएको हो ।
अब जिल्ला प्रशासन कार्यालयबाट एकै पटक जेठ ३ गतेमात्र जनताले सेवा पाउने छन् । वैशाख ३० गते निर्वाचन, ३१ गते शनिबार, जेठ १ गते नयाँ नियम अनुसार आइतबार बिदा र २ गते बुद्ध जयन्ती परेको हुँदा अब एकै चोटी जेठ ३ गते मात्र प्रशासन कार्यालय खुल्नेछ । 
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments