थाहानगर/२७ वैशाख
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतगणना पालुङ बहुमुखी क्याम्पस परिसरमा हुने भएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेसहितको सर्वदलीय बैठकले मतगणना स्थल परिवर्तन गर्दै क्याम्पस परिसरमा गर्ने निर्णय गरेको हो ।
यस अघि पालुङ जेसीस सभाहलमा मतगणना गर्ने तय भएको थियो । तर, निर्वाचन सम्पन्न भएको ५ दिनभित्र सबै वडाको मतपरिणाम ल्याउनका लागि ३-४ समुहमा गणना गर्न आवश्यक देखिएपछि सुरक्षाको दृष्टिकोणले स्थान परिवर्तन गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
थाहानगरमा कुल ३२ हजार ३०७ मतदाता रहेकोमा करिव २५ हजार मतदाताले मतदान गर्ने प्रक्षेपण छ ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments