Byroad News

Loading...

एमालेलाई जित्न कसैले छेक्दैन: ढकाल


एमालेलाई जित्न कसैले छेक्दैन: ढकाल

थाहानगर/२५ वैशाख
थाहानगरका लागि नेकपा एमालेका मेयरका उमेदवार अचुतम प्रसाद ढकालले आशन्न स्थानीय तहको निर्वाचन जित्न एमालेलाई कसैले छेक्न नसक्ने बताएका छन् ।

थाहा ६ बज्रबाराहीमा आयोजित चुनावी सभामा उमेदवार ढकालले थाहानगरमा नीतिगत भ्रष्टाचार रहेको बताउदै एमालेको सरकारले त्यसको अन्त्य गरिने बताएका छन् ।

ढकालले आफूहरु एमालेको प्रतिवद्वता पत्र अनुसार काम गर्ने बताउदै बज्रबाराही थाहानगरको महत्वपूर्ण भूमी रहेको हुँदा साँस्कृतिक र पर्यटन नगरको रुपमा विकास गर्ने प्रतिवद्वता व्यक्त गरे 

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सुवास चन्द्र ठकुरीले उत्तरी मकवानपुरको विकासको सम्वाहक भनेको एमाले मात्र रहेको दाबी गरे ।

कार्यक्रममा उपमेयरका उमेदवार कल्पना बलामी, एमालेका नेताहरु बिष्णु प्रसाद ढकाल, शशीधर सुवेदी, वडा अध्यक्षका उमेदवार मनहरी भट्ट, राष्ट्रिय युवा संघ नेपाल थाहानगरका अध्यक्ष प्रदिप भट्टलगायतले बोलेका थिए ।

Comments

KATHMANDU WEATHER