थाहानगर/२४ वैशाख
थाहा नगरपालिका वडा नम्बर ८ का विभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा एमाले प्रवेश गरेका छन् ।
शनिबार थाहा ८ मोरियामा भएको चुनावी सभामा नेकपा माओवादी केन्द्रबाट ३५ जना, नेपाली काङ्ग्रेसबाट १४ जना र राप्रपाबाट १ जना गरि ५० जना एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।
थाहा ८ मा माओवादी केन्द्रले आश्वासन मात्र बाडेर जनतालाई भ्रम फैलाएको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
चुनावी सभाको अवसरमा एमाले प्रवेश गरेकाहरुलाई एमाले बागमती प्रदेश सदस्य सुवास चन्द्र ठकुरी, बरिना बल, जिल्ला सदस्य शशीधर सुवेदी, मेयरका उमेदवार अचुतम प्रसाद ढकाल, वडा अध्यक्षका उमेदवार हेम थिङले स्वागत गरेका थिए ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments