हेटौंडा/२३ वैशाख
शनिबारदेखि मकवानपुरमा सवारी साधनमा माइकिङ गर्न तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडी प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिबारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।
Featured News
-
18 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments